दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ काे भगवती आधारभूत विद्यालयकाे आयाेजना र USAID तथा सुआहाराकाे सहयाेगमा किशाेरकिशाेरी स्वास्थ्य पाेषण तथा सरसफाई सम्वन्धी स्राेत विद्यार्धीका लागि २ दिने तालिम यही मिति २०७६ जेष्ठ २० र २१ गते सम्पन्न भयाे ।
इस्लाम धर्मावलम्वीहरुको महान चाड इद उल फित्रको उपलक्षमा भैरबी गाउँपालिकाबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी एबं दैलेख जिल्लाबासी साथै देशबासी सम्पूर्ण जनसमुदायहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखकाे आयाेजनामा तपसिल बमाेजिमकाे मिचि र स्थानमा निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले सम्पूर्ण महिला आमा दिदिबहिनीहरुले उपस्थित भई उक्त शिविरबाट सेवा लिई माैकाकाे फाइदा उठाउन हुन अनुराेध गर्दछाैँ ।
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ३ काे आयाेजनामा आधुनिक कृषि प्रणाली सम्वन्धि अगुवा कृषकहरुका लागि क्षमता विकास तालिम यही मिति २०७६ जेष्ठ १६ गते चगत्रामा सम्पन्न भयाे ।
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ४ काे आयाेजनामा महिला स्वास्थ्य स्वयंसेवीका प्राेत्साहन तथा सुनौला हजार दिनका आमाहरुलाई सरसफाई सम्वन्धि क्षमता विकास तालिम मिति २०७६ जेष्ठ १७ गते सम्पन्न भयाे ।
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ को आयोजनामा यही मिति २०७६ जेष्ठ १४-१५ गते भएकाे वडा स्तरीय खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियाेगिता सम्पन्न भएकाे छ ।