सूचना
भित्रीखोला गाउँघर क्लिनिक बिधिवतरुपमा उद्घाटन भयाे ।
मिति २०७५ साल पौष १९ गते भैरवी गाउँपालिका, कुसापानी स्वास्थ्य चौकी अन्तर्गत `भित्रीखोला गाउँघर क्लिनिक´ वडा नं ७ का वडा अध्यक्ष तथा यस स्वास्थ्य संस्थाको ब्यबस्थापन समितिका अध्यक्ष श्री छबिराम आर्चाय ज्यूले बिधिवतरुपमा उद्घाटन गर्नुभयाे । भित्रीखोला गाउँघर क्लिनिक प्रत्येक महिनाको १९ संचालन हुने ब्यहोरा सम्पूर्ण सरोकारवाला र सेवाग्राहीलाई जानकारीको लागि अनुरोध छ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





