भैरवी गाउँपालिका दैलेखका सम्पूर्ण महानुभावहरु एकजुट भएर अगाडि बढौं “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने नेपाल सरकारको चाहनालाई साकार पारौं ।

 

प्रेमबहादुर बुढा
अध्यक्ष

गाउँपालिकाको संक्षिप्त तथ्यांकीय विवरण

दैलेख जिल्ला भैरवी गाउँपालिका पूर्व छामघाट खोला, पश्चिम भैरवी गडजिउला खोला, उत्तर कालीकोट जिल्ला तथा दक्षिण दुल्लू नगरपालिकाभित्र रहेको रमणीय हरियाली वातावरण भएको गाउँपालिका हो । हिमाल, पहाड र तराईको जस्तो हावापानी, खेतीपाती(पशुपालन ब्यावसाय भएको अनेकताबीच एकता भएको गाउँपालिका हो । कृषि, पशुपालन, पर्यटन, ब्यापार एबं साना घरेलु ब्याबसायको प्रचुर संभावना रहेको गाउँपालिका हो । सिलेट ढुंगा, जल, जमिन, जंगल, जडिबुटी समेतको संभावना पनि रहेको छ । सबैजना मिलेर सहकार्य गरौं “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने नेपाल सरकारको चाहनालाई साकार पारौं ।

सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सम्बन्धमा ।

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन प्रणाली संचालन गरीएकाे हुदा उक्त कार्यलाइ सहज गराउन भैरवी गाउँपालिकामा मिति २०७५।०९।०८ काे निर्णय अनुसार सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सबै कर्मचारीहरूलार्इ सूचना छ।

Pages